प्रदेश तहमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान स्थापना हुने
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ८, बुधबार
प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । ती विधेयकमा ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक, २०७५ र औद्योगिक व्यवसाय विकास विधेयक, २०७५’ छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आजको बैठकमा ती विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा दिव्यमणिराज भण्डारी, प्रेम सुवाल, देवप्रसाद गुरुङ, रामवीर मानन्धर र मुकुन्द न्यौपानेले भाग लिनुभएको थियो ।
छलफलमा उठेका जिज्ञासामा मन्त्री यादवले सङ्घीय व्यवस्थानुसार प्रतिष्ठान पहिलो संशोधन विधेयक ल्याइएको बताउँदै यसले प्रदेशमा प्रतिष्ठान कार्यालय स्थापना गर्न बाटो खुल्नेछ भन्नुभयो ।
Categorized in राष्ट्रिय


