STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रदेश सरकार आर्थिक समृद्धिका लागि प्रतिबद्ध ः मुख्यमन्त्री पौडेल

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३, शुक्रबार

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवस मुल समारोह समिति प्रदेश नं ३ द्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँले संविधानसभाबाट जारी गरिएको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको ग्यारेन्टी गरिएकाले अब जनताले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेअनुुसार प्रदेशको १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको बाँडफाँट गर्नाका साथै जनतालाई शान्तिसुरक्षाको प्रत्याभुति गराई आर्थिक समृद्धिका लागि बजेट कार्यान्वयन गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारले जनहितका लागि प्रदेशसभाको चौथो अधिवेशनबाट ४५ विधेयक पारित गरेको तथा ३८ विधेयक प्रमाणीकरण भइसकेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री पौडेलले संविधान दिवसको उपलक्ष्यमा आयोजित पाँच किलोमिटर दौड प्रतियोगिताका विजयी नेपाली सेनाका हेटौँडास्थित सुपारेटार ब्यारेकका जवानलाई नगदसहित प्रमाणपत्र वितरण गर्नुभयो । संविधान दिवसका अवसरमा भुटनदेवी माविको चौरमा भेला भई आयोजित ¥यालीले हेटौँडा नगरको परिक्रमा गरी मकवानपुरको बहुमुखी क्याम्पस परिसरमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रिपरिषद्का मन्त्रीहरु, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, सांसद विरोध खतिवडालगायत सहभागी हुनुहुन्थ्यो ।
Categorized in राष्ट्रिय