STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानन्यायाधिश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख ४, सोमबार

काठमाडौं - प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न छिटोभन्दा छिटो संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार बसेको सभामुखसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठकले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको जानकारी दिए। लामो समयदेखि सर्वोच्च अदालत कामुको भरमा रहेको अवस्थामा प्रधानमन्त्रीले प्रधानन्यायधिशको स्थायी नियुक्ति प्रक्रिया अघि बढाउनका लािग पहल गरेको लेखकले जानकारी दिए। उनले संसदको बिषयगत समितिलाई पूर्णता दिने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी दिए।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले बैठक प्रधानन्यायधिश सिफारिस गर्ने बिषयमा केन्द्रीत भएको र यस बिषयमा प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए। त्यस्तै संसदीय समिति गठनमा पनि सहमतिमा नै अघि बढ्नुपर्नेमा एमालेको जोड रहेको उनको भनाइ छ।

उनले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषय सवैको सरोकारको बिषय भएकाले पीडितलाई न्याय हुने गरी टुङ्ग्याउनुपर्ने बताए। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगाएतका नेताहरु उपस्थित थिए।

Categorized in राजनीति