प्रधानन्यायाधीश राणाविरूद्ध महाभियोग दर्ता
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १, आइतबार
काठमाडाैं, फागुन १- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । संसद सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको हो ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी ९८ जना सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियाेग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
महाभियाेग दर्ता गर्न कानुनमन्त्री दिलेन्द्र बडू, ऊर्जामन्त्री पम्फा भुसालसहित नेताहरू गगन थापा, देव गुरुङ, जीवनकुमार श्रेष्ठ लगायत संसद सचिवालय पुगेका थिए ।
Categorized in राजनीति

