STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २४, आइतबार

काठमाडौं - हरिबोल गजुरेलले दिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्।

गजुरेलले प्रधानमन्त्रीको सल्लाहकारको जिम्मेवारी त्यागेको बताएका छन्। उनले आफू थप छलफलमा रहेको पनि बताए। तर राजीनामा दिनुपर्ने कारणबारे उनले केही खुलाएनन्।

नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए। गजुरेल २०७८ मंसिर ४ को निर्वाचनमा सिन्धुलीबाट उम्मेदवारको दौडमा थिए। तर त्यहाँ लेखनाथ दाहाल 'राजन'लाई टिकट दिइएको थियो।

गजुरेललाई प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्। 

Categorized in राजनीति