STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री ओलीको बालकोटको घरमा आगजनी

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ ।  प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष समेत रहेका ओली निवासमा मंगलबार आगजनी गरेका हुन्। 

प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री पृथ्वीसुव्वा गूरुङलगायतको निवासमा आगजनी र तोडफोड भइसकेको छ ।

त्यस्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव शङ्कर पोखरेलको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।

Categorized in राष्ट्रिय