STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री कार्कीलाई बदलाको भावनाभन्दा माथि उठेर काम गर्न सुनिता डंगोलको सुझाव

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २९, आइतबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिएकी छिन् । साथै उनले बदलाको भावनाभन्दा माथि उठेर काम गर्न पनि सुझाव दिएकी छिन् । 

उनले भनेकी छिन्–'यो तपाईँका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन जी लगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरूप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो।'

उनी थप भन्छिन्– 'हामी सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा छ, नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु।'

Categorized in राष्ट्रिय