प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १८, शनिबार
काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् ।
यस्तै डडेल्धुरा ‘क’ बाट कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँद र ‘ख’ बाट सुदूरपश्चिम सरकारका समाजिक विकासमन्त्री गोविन्दराज बोहरा सिफारिस भएका छन् ।
Categorized in राजनीति

