STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आजदेखि

Janjati Khabar – Janjati Khabar | २०८० आश्विन ६, शनिबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै आज चीन पुगेका हुन् ।

उनी नेपाली समय अनुसार विहान १० बजे हाङजाओ विमानस्थलमा ओर्लिएका हुन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा चीन भ्रमणमा पुगेका उनी करिब एक साता लामो भ्रमणमा रहनेछन् । प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए ।

प्रचण्डले आजै चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता कार्यतालिका छ । उनले १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी जनाउने छन् । राष्ट्रपति सी हाङजाओमा रहेको र प्रधानमन्त्री पनि त्यही जान लागेकाले आजै भेट्ने तालिका तय भएको हो ।

चीनमा प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड असोज १३ गते शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Categorized in राजनीति