STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रविधिलाई दैनिक जीवनसँग जोड्न आग्रह

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २३, बिहिबार

विज्ञान र प्रविधिका नवप्रवर्तनलाई दैनिक जीवनसँग जोड्नु पर्ने आवश्यकता औँल्याइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट द्वारा बुधबार यहाँ आयोजित नवप्रवर्तनसम्बन्धी परामर्श गोठीका सहभागीले विज्ञान र प्रविधिको विकासले मात्र आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । विकाशील मुलुकले सूचना प्रविधिक, अन्तरिक्ष, कृषि, स्वास्थ्य, ऊर्जा, व्यवस्थापनलाई प्राथमिता दिने उहाँहरुले जनाउनुभयो । सहभागीले ज्ञान, बजार र सीपको विस्तार गरी विकास अनुसन्धानमा लगानी क्षेत्रको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल अहिले विश्व नवप्रवद्र्धनमा १०९ औँ स्थानमा रहेको जनाईएको छ । प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कृषिमा यान्त्रीकरणको प्रयोगबाट मुलुकुको समृद्धि कायमको सपना पूरा हुने बताउनुभयो । प्रदेश नं १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले नवप्रवद्र्धनको प्रयोग कृषि, पर्यटन उद्योगमा जोडी रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले नवप्रवर्तक सोचलाई क्षमता विस्तार गरी विश्व बजारको पहुँचसँगै आत्मनिर्भर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । नास्टका सचिव डा महेश अधिकारीले मुलुकका परम्परागत प्रविधिलाई नवप्रवर्तकरुपमा अगाडि बढाउन आवश्यक सहयोग प्रदान गर्ने जानकारी दिनुभयो । नास्टका डा सुरेशकुमार ढुङ्गेलले राष्ट्रिय नवप्रवद्र्धन प्रणालीका ढाँचाको परिचय तथा नास्टको प्रयास, पुल्चोक क्याम्पसका मेकानिकल इञ्जिीनियरिङ विभाग प्रमुख प्रा डा नवराज भट्टराईले राष्ट्रिय नवप्रवर्तन सूचकाङ्कको परिचय एवंं नास्टको प्रयास तथा नास्टका प्राज्ञ प्रा डा प्रमोदकुमार झाले नवप्रवर्तनको परिचय साथै यससम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पूर्वाञ्चल विश्वविद्यालयका निमित्त उपकुलपति डा बिजुराज थपलिया, डा भेषप्रसाद धमला तथा डा नरेन्द्रकुमार चौधरीले नवप्रवद्र्धन कृषि, औद्योगिक क्षेत्रमा लागू गरेमा उपलब्धि हासिल हुने विचार व्यक्त गर्नुभयो । नास्टले आगामी वैशाख महिनामा काठमाडौँ बृहत् राष्ट्रिय नवप्रवर्तक भेला आयोजना गर्ने जनाएको छ ।
Categorized in राष्ट्रिय