STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रहरीको कार्यशैली बदल्नु आवश्यक ः मुख्यमन्त्री गुरुङ

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १६, बिहिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बहुदलीय व्यवस्थामा सबैभन्दा बढी राजनीतिकीकरण भएको नेपाल प्रहरीको कार्यशैलीमा परिवर्तत गरिनुपर्नेमा जोड दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्मित व्यायामशाला आज उद्घाटन गर्दै उहाँले सम्पूर्ण पुरानो संरचना भत्काएर सङ्घीय शासन प्रणालीसहित नयाँ व्यवस्था, संरचनामा संस्थालाई ल्याउनाका साथै प्रहरीको कार्यशैलीमा सुधार हुनुपर्ने उहाँको भनाइ थियो । मुख्यमन्त्री सुब्बाले भन्नुभयो, “व्यवस्था, संरचना र संस्था बदलियो, अब नेपाल प्रहरीको कार्यशैली पनि बदल्नुपर्दछ, अबको हाम्रो दायित्व भनेको राजनीतिकीकरण, पार्टीकरण र मन्त्रीकरणबाट प्रहरीलाई सुधार्नु हो ।”चारवटै सुरक्षा निकायलाई बदलिएको परिस्थितिअनुसार लोकतान्त्रिकीकीरण, व्यावसायिकीकरण र साधान–स्रोतयुक्त बनाइनुुपर्नेमा उहाँको जोड थियो । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्णबहादुर थापा, राजीव पहारी, प्रजिअ चक्रबहादुर बुढा, प्रहरी उपरीक्षक ओमबहादुर राना, नायब प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङ, व्यायामशाला निर्माण समितिका अध्यक्ष गौतम थापालगायतले समुदाय प्रहरी साझेदारीबाट मात्र समाजमा शान्तिसुरक्षा र अमनचयन कायम हुनेजस्ता विषयमा चर्चा गर्नुभएको थियो । विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुबाट सङ्कलित रु १३ लाख ५० हजारको लागतमा सो व्यायामशाला निर्माण गरी जिल्ला प्रहरीलाई हस्तान्तण गरिएको थियो । व्यायामशाला निर्माणमा आर्थिक सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
Categorized in राष्ट्रिय