प्रहरी मुख्यालयमै तालिबान लडाकूको आक्रमण
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार
हतियारधारी लडाकूहरुले अफगानिस्तानको प्रहरी मुख्यालयमा आक्रमण गरेका छन् ।
तालिबान लडाकूहरुले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री शहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार आक्रमण गरेका हुन् ।
प्रहरी अधिकारीहरुले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जनाएका टोलो समाचार समितिले
उल्लेख गरेको छ ।
उनीहरुले आक्रमणको भने पुिष्ट गरेका छन् । आक्रमणकारीहरुले प्रहरी मुख्यालयनजिकै कारबम विस्फोटन गराएको प्रहरी अधिकारीहरुको भनाई छ ।
विस्फोटनसँगै अन्य बन्दुकधारीहरुले पनि गोली प्रहार गरेका थिए । गोली हानाहान जारी रहेकाले थप विवरण आउन बाँकी नै रहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
Categorized in राष्ट्रिय