STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्राध्यापक सम्मेलनको उद्घाटन र बृहत् ग्रन्थको लोकार्पण

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ चैत्र २८, शनिबार

नइ एकेडेमीले आयोजना गरेको  ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को   महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका साथ शनिबार   उद्घाटन गर्नुभयो । 

त्यस अवसरमा प्रमुख अतिथि डा.त्रिपाठीले नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक बृहत् ग्रन्थको लोकार्पण पनि गर्नुभयो ।

समारोहमा डा.त्रिपाठीले नइबाट आफ्नै आन्तरिक साधनस्रोतमा आयोजित ऐतिहासिक तीनदिने महान् सम्मेलनमा नै प्रकाशित उच्च प्राज्ञिक खोजपूर्ण बृहत् ग्रन्थसमेत प्रस्तुत हुनु अविस्मरणीय र ऐतिहासिक मात्र नभएर सुनमा सुगन्धको योगजस्तो हुन पुगेको बताउनु भयो ।

रोयल साइजमा ८७२ पृष्ठमा विस्तरित भई पूर्ण बनेको सो ग्रन्थमा नेपाल तथा भारतका विश्वविद्यालयबारेका २५ ओटा आलेख आबद्ध रहेका छन् ।

नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको प्राध्यापन र अनुसन्धान कार्यमा संलग्न साधकहरूबाट नेपाली विषयको पठनपाठनको इतिहास, तिनका पाठ्यक्रम तथा अनुसन्धानको अद्यावधिक इतिवृत्त यस ग्रन्थमा समेटिएको छ । 

नइ एकेडेमीका कुलपति श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित त्रिदिवसीय सम्मेलनको दोस्रो दिनको समारोहमा प्रमुख अतिथि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.दिवाकर प्रधान, प्रा.डा.कविता लामा, प्रा.केशव सुवेदी, सम्मेलनका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्मेलनबारे आआफ्नो मन्तव्य प्रकट गर्नु भएको थियो ।

सम्मेलनमा नइ एकेडेमी र नेपालका विश्वविद्यालयका दस्ताबेजबारे डा.त्रिभुवन बरई र नेपाल तथा भारतका विश्वविद्यालयका कार्यपत्रबारे डा. अम्बिका अर्यालले मन्तव्य प्रकट गर्नु भएको कुरा नइ एकेडेमीका   सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनु भयो  ।

Categorized in साहित्य-कला