फरार कैदी लुभुबाट पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र ९, बिहिबार
काठमाडौं - नख्खु कारागारबाट उपचारका लागि टिचिङ अस्पताल लैजादै गर्दा फरार भएका एक कैदी लुभुबाट पक्राउ परेका छन् । आँखाकाे उपचारका लागि अस्पताल लगेका बेला भागेका रामेछापको पिल्पुङग गाउँपालिका–२ का ३१ वर्षीय भोला बुढाथोकी पक्राउ परेका हुन् ।
बुथाथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनले ९ वर्ष जेल सजाय काटिसकेका थिए ।घटनाको छानविनका लागि ललितपुर प्रहरीका एसपी देवेन्द्र पालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको एसएसपी पोखरेलले बताए ।
हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएकाे भन्दै प्रहरी निरीक्षक प्रमुख पुरुषोत्तम थपलियालाई जिम्मेवारीबाट हटाइएकाे छ भने कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बन गरिएकाे छ ।
Categorized in अपराध-दुर्घटना

