STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फिलिपिन्समा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प

Janjati Khabar – एजेन्सी | २०७७ माघ २५, आइतबार

काठमाडौँ - आइतबार फिलिपिन्समा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार डाभाओ डेल सुर प्रान्तको दक्षिणी भेगमा केन्द्रबिन्दु बनाएर स्थानीय समय १२ः२२ मा भूकम्प गएको हो । यसले केही क्षति पुर्याएको र अझै पराकम्पनहरू आउन सक्ने आशंका गरिएको रोयटर्सले जनाएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोलक्यानोलोजी एन्ड सेस्मोलोजी (फिभोल्क्स)ले त्यस भूकम्पको गहिराइ १५ किलोमिटर रहेको बताएको छ। यो टेक्टोनीक खालको भूकम्प रहेको बताइएको छ।

आइतबार बिहान साढे ७ बजे पनि सोही क्षेत्रमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो।

क्षतिको विवरण भने आइसकेको छैन।

Categorized in अन्तर्राष्ट्रिय