फेरि थपियो १० जना नयाँ संक्रमित, कूल संक्रमित २९१
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ४, आइतबार
काठमाडौं – नेपालमा आइतबार फेरि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो ।
कोरोना संक्रमितहरुमा रौतहट राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
कोरोना संक्रमणबाट नेपालमा एकजनाको मृत्यु भइसकेको हिजोमात्र पुष्टि भएको थियो ।
Categorized in राष्ट्रिय