STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फोक्सोको समस्याका कारण अमेरिकामा १३ सय जना अस्पतालमा भर्ना

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २५, शनिबार

अमेरिकामा विद्युतीय चुरोट तथा अन्य धुमपानका कारण १३ सय जना विरामी भएर अस्पताल भर्ना भएका छन् । विरामी भएका मध्ये आधा विरामीलाई अति सघन कक्ष आइसियु मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् । यही समस्या कारण पछिल्लो सयममा मात्रै २६ जनाको मृत्यु भइसकेको अमेरिकाको केन्द्रीय प्रकोप नियन्त्रण तथा उद्धार केन्द्रले जनाएको छ । केन्द्रका उप निर्देशक अन्ने स्चुचान्तले शुक्रबार दिएको जानकारी अनुसार विरामी मध्ये ५ सय ७३ जनालाई विद्युतीय चुरोटका कारण लाग्ने रोग लागेको छ । अमेरिकी खाद्य तथा औषधी प्रशासन ९एपडीए० ले गरेको सर्वेक्षणमा दैनिक विद्युतीय चुरोटका प्रयोगकर्ताहरुको संख्या ठूलो रहेको देखिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय