STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फोनिजलाई सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ पौष १४, आइतबार

शिक्षा अभियन्ताका रुपमा परिचित स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार यस वर्ष नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) लाई संस्थागत रूपमा प्रदान गरिएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार राजधानीमा आयोजित एक समारोहबिच सो पुरस्कार फोनिजलाई प्रदान गरेको हो । नेपालमा पत्रकारहरुलाई पहिलो पटक संङ्गठित गरी त्यसको नेतृत्व गर्ने तत्कालीन नेपाल टुडेका सम्पादक सत्यनारायणबहादुर श्रेष्ठको १०९ औं जन्मजयन्तीको अवसरमा सो सम्मान प्रदान गरिएको दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनु भयो । 

नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्नमा फोनिजले महत्त्वपूर्ण दबाब कायम गरेको भन्दै फोनिजलाई संस्थागत रूपमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको कुरा पुरस्कार निर्णायक समितिका संयोजक दबूका उपाध्यक्ष सुनिल महर्जन ले बताउनु भयो ।

समारोहमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष गजुरधन राईलाई पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्ती, स्वर्गीय श्रेष्ठकी छोरी सुजिता मानन्धरले नगद २५ हजार रुपियाँसहित सम्मानपत्र प्रदान गर्नु भयो। 

पत्रकार राष्ट्रिय दबूले २०७६ सालदेखि श्रेष्ठको जन्मजयन्ती मनाउने र गत वर्षदेखि पुरस्कार दिन थालेको हो । गत वर्ष सो पुरस्कार पत्रकार लक्की चौधरीलाई प्रदान गरिएको थियो । सो अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले स्वर्गीय श्रेष्ठको इतिहासलाई उपेक्षा गरेर पत्रकार महासङ्घले सत्यलाई स्वीकार गर्न नचाहेको बताउनुभयो । 

नेवाः पत्रकार राष्ट्रिय दबूका सचिव राजु नापितले स्वर्गीय श्रेष्ठको योगदानलाई फैलाउन पत्रकार दबूले हरेक वर्ष विविध कार्यक्रम गर्दैआएको बताउनुभयो । समारोहमा मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले पत्रकार महासङ्घको विधान अधिवेशनमार्फत यस बहसलाई टुङ्ग्याउनु पर्नेमा जोड दिनुभयो ।  हालै सम्पन्न पत्रकार महासङ्घमा निर्वाचित दबूका सदस्यलाई सम्मान समेत गरिएको सो कार्यक्रममा दबूका निवर्तमान अध्यक्ष सुरजबीर बज्राचार्य, दबूका सल्लाहकारहरुमा राजु शाक्य र विजयरत्न असंबरे लगायतको विशेष उपस्थित रहेको थियो ।  ।

Categorized in राष्ट्रिय