STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्दछ ः प्रधानमन्त्री

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १५, बुधबार

प्रधानमन्त्री केपी शर्माले नेपाल टेलिकमले विस्तार गरेको फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले काठमाडौँबाट भिडियो कल गरी सो सेवाको उद्घाटनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसँग भएको कुराकानीका क्रममा सो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो “फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्छ ।” नेपाल टेलिकमको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय वीरगञ्जद्वारा आज जनकपुरधामको टेलिकम कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री राउतले सेवालाई भरपर्दो बनाउनुपर्दछ भन्नुभयो । उहाँले निजी कम्पनीको सेवाभन्दा टेलिकमको सेवा पारदर्शी भएको बताउँदै आफूसँग भएको टेलिकमको मोबाइलले सही तथ्य दिने गरेको तर एनेसेलको मोबाइलले अपारदर्शी ढङ्गले रकम लिएको प्रसङ्ग उल्लेख गर्नुभयो । मुख्यमन्त्री राउतले टेलिकमले जनताको भरोसाअनुसार सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै फोरजी सेवालाई प्रदेशको कुनाकाप्चामा पु¥याउनुपर्ने खाँचो औँल्याउनुभयो ।
Categorized in राष्ट्रिय