STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बंगलादेशमा शेख हसिनाको पार्टी विजयी

Janjati Khabar – Janjati Khabar | २०८० पौष २३, सोमबार

 

काठमाडौं - बंगलादेशमा भएको आमनिर्वाचनमा शेख हसिनाको पार्टीले विजयी हाँसिल गरेको छ। प्रमुख विपक्षी दल बंगलादेश नेसनलिष्ट पार्टी (बीएनपी) र अन्य दहरूले बहिष्कार गरेको निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगले बहुमत प्राप्त गरेको बीबीसीमा समाचार छ।

कूल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको हो। एकजना उम्मेदवारको मृत्यु भएपछि नौगाउँ-२ मा निर्वाचत रद्द भएको थियो। निर्वाचन भएको २९९ सिटमध्ये हसिनाको पार्टीले २२३ सिटमा विजयी प्राप्त गरेको हो।

बहुमत प्राप्त गरेसँगै हसिना लगातार चौथो पटक बंगलादेशको प्रधानमन्त्री बन्ने तयारीमा छिन्।  उनी २००९ देखि निरन्तर बंगलादेशको सत्तामा छिन्। स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएकाहरूलाई पनि हसिनाकै पार्टी अवामी लिगको समर्थन रहेको जनाइएको छ।

सरकारी आँकडाअनुसार निर्वाचनमा ४० प्रतिशत मत खसेको हो।  विपक्षी दलहरूले यो आँकडा सही नभएको दावी गरेका छन्। निर्वाचनको नतिजा औपचारिक रुपमा आज सार्वजनिक हुने जनाइएको छ।

Categorized in अन्तर्राष्ट्रिय