STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बच्चा चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १३, आइतबार

काठमाडौं– प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी हुन्। 

सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।

२४ वर्षीया मनकुमारी विरुद्ध प्रहरीले प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ। यसअघि प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको उनका पछि दैलेखको नौमुले गाउँपालिका–१ घर भएर काठमाडौं काँडाघारी बस्ने २८ वर्षीय नरेन्द्र मल्ल र दिदी शारदा शाहीलाई थुनामुक्त गरेको छ।

Categorized in अपराध-दुर्घटना