STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बजेट अधिवेशन आजबाट, कोरोना नभएको रिपोर्ट देखाएमात्र प्रवेश पाउने

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २६, शुक्रबार

काठमाडौं – संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) आज शुक्रबारबाट सुरु हुँदैछ । आज अपराह्न ४ बजे बैठक बोलाइएको छ । बिहीबार नै सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउनेछन् । तर, परीक्षणको रिपोर्ट भने आइसकेको छैन । कोरोनाकै जोखिमका कारण जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरुलाई कोरोना संक्रमण भए–नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश गर्न पाउने बताइएको छ । संयुक्त रुपमा बस्ने प्रतिनिधसभा र प्रदेशसभाको बैठकका लागि सामाजिक दुरी कायम गरी आसनको व्यवस्था गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
Categorized in राजनीति