STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बञ्चरेडाँडाका स्थानीयले फेरि राेके काठमाडौंको फोहोर

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १२, बिहिबार

काठमाडौं - बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी फेरि अवरोध गरेको छ ।

आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर गएका ५० भन्दा बढी गाडी रोकेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिए ।

एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि पुनःव्यवस्थापन हुने महानगरले जानएको थियो ।

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न नसकेको महानगरको भनाइ थियो ।

बाटो मर्मतको काम सकिएकाले बिहीबार बिहान ६ बजेदेखि साविकबमोजिम नै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालद्वारा जारी सूचनामा भनिएको थियो ।

स्थानीयवासिन्दाले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सूरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ ।

Categorized in राष्ट्रिय