STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बल डाेर्याउँदै बालेन

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २६, सोमबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह  ‘बालेन’ सहितको टोलीले सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल खेलेका छन् ।

२८औँ महानगर दिवसका अवसरमा आयोजित फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको प्रतिनिधि टोली र प्रशासकीय अधिकृतको टोलीबीच फुटबल प्रतियोगिता भएको हो ।

दुई टोलीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रमुख बालेन शाहले पनि सहभागिता जनाएका थिए । सो कार्यक्रममा उपमेयर सुनिता डंगोल पनि प्रतियोगिता हेर्न पुगेकी थिइन् ।

यतिबेला विश्वकप फुटबल २०२२ पनि कतारमा जारी छ । सोही समयमा संयोगबस महानगरको वार्षिकी अवसरमा फुटबलको आयोजना भएको हो ।

Categorized in उपत्यका