बस दुर्घटनामा घाइते भएकाको उपचार खर्च नगरपालिकाले व्यहोर्ने
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २६, बिहिबार
बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको ना ५ ख ५७२४ नम्बरको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको उपचारको खर्च बेनी नगरपालिकाले व्यहोर्ने भएको छ । बुधवार साँझ बेनीबाट यात्रु लिएर तोरीपानी जाँदै गरेको बस बेनी नगरपालिका–९ भुर्तेदैलाको जम्रेनीमा दुर्घटना हुँदा १६ घाइते भएका थिए । घाइतेको बेनी अस्पताल र पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले दुर्घटनामा घाइतेको उपचारमा बेनीनगरपालिकाले सहयोग गर्ने भएकाले उपचारमा खटिएका चिकित्सकलाई घाइतेको उपचारमा कुनै कमी आउन नदिन आग्रह गर्नुभएको छ ।
घाइतेमध्ये चालक हरि भण्डारीसहित १४ को बेनी अस्पताल र दुई जनाको पोखरा मणिपाल अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
बस दुर्घटनामा परेकामध्ये बेनी नगरपालिका–९ तोरीपानीका रुद्रबहादुर चोखाल र मङ्गला गाउँपालिका–१ टोड्केका रतन थजालीलाई थप उपचारका लागि पोखरा मणिपला अस्पतालमा रिफर गरिएको छ ।
Categorized in अपराध-दुर्घटना


