STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बस दुर्घटनामा १२ घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २, सोमबार

दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइतेमध्ये दाङ तुल्सीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना