STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रवाह

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ८, शुक्रबार

बाँकेको कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि विद्युत् प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालयका अनुसार ३३ केभी प्रसारण लाइनको परीक्षणका लागि ११ हजार भोल्ट करेन्ट प्रवाह गरिएको छ । विद्युतीकरण शुरु भएको झण्डै १० वर्षपछि कोहलपुर—धामपुर ३३ केभी प्रसारण लाइनको परीक्षण शुरु गरिएको हो ।
Categorized in राष्ट्रिय