STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बागमती प्रदेशका सांसद चौलागाईंको कोरोनाबाट निधन

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २८, मंगलबार

एमाले नेता एवं बागमती प्रदेशका सांसद पशुपति चौलागाईंको निधन भएको छ ।

काठमाडाैं स्वयम्भूस्थित मनमोहन अस्पतालमा नेता चौलागाईंकाे निधन भएको हो । एमाले नेता सुरेन्द्र पाण्डेले ६१ वर्षीय चौलागाईंकाे निधन भएकाे बताए । कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

उनी एमाले पोलिटब्युरो सदस्य थिए । एमालेभित्र उनी निष्ठावान र त्यागी नेताका रूपमा चिनिन्थे । दाेलखाका सांसद चौलागाईं विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका थिए ।  उनले २०५६ मा दोलखा १ बाट चुनाव जितेका थिए । २०७० मा समानुपातिक कोटा र गत प्रदेशसभा निर्वाचनमा दोलखा २ बाट उनी निर्वाचित भएका थिए ।

Categorized in व्यक्तित्व