बाग्लुङमा पहिरोमा पाँच घर पुरियो
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २९, सोमबार
काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान गएकाे पहिराेमा पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् । उनका अनुसार परिवारका अन्य पाँच सदस्य भने सकुशल छन् ।
पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको जनाइएकाे छ ।
उद्धार कार्यमा नेपाली सेना, प्रहरी र स्थानीय खटिएका छन् ।
Categorized in अपराध-दुर्घटना