STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १०० पुग्यो, ६७ व्यक्ति बेपत्ता

Janjati Khabar – Janjati Khabar | २०८१ आश्विन १३, आइतबार

बाढी, पहिरो तथा डुबानमा परी हालसम्म १०० जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन्। विपद्‌मा परी १ सय १ जना घाइते भएका छन्।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुर ७, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बुमा ५, पाँचथरमा ५, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा ३, सिन्धुलीमा २, धनकुटामा २, महोत्तरीमा २, रामेछापमा १, झापामा १, उदयपुरमा १, इलाममा १, सप्तरीमा १ र नुवाकोटमा १ जनाको मृत्यु भएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको र हालसम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उनले जानकारी दिए। रासस

Categorized in राष्ट्रिय