बाढीपहिरो पीडित तथा अति विपन्न परिवारलाई सहयोग प्रदान
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ मङ्सिर ४, मंगलबार
साममजिक सेवा र क्रियाकलापमा सकृय रहँदै आएको सिजल एण्ड सिस्टर फाउण्डेशनले बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत एवं सहयोग उपलब्ध गराएको छ । फाउण्डेशनले यही असोजमा गएको बाढीपहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
फाउण्डेशनले बलेफी गाउँपालिका, भोटेकोशी गाउँपालिका, जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै शनिबार प्रत्येक परिवारलाई एक-एकवटा ब्ल्यांकेट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गरेको हो ।
सिजल एण्ड सिस्टरका सल्लाहकार तथा पत्रकार राजेन्द्र लुइँटेल, गीतकार तथा पत्रकार गीता अधिकारी, गायक तथा संगीतकार पुष्कर सुनार, गायिका तथा नायिका सारिका घिमिरे, चलचित्र नायक तथा मोडेल श्रीदेव भट्टराई, विश्व भारत्तोलन विजेता जीवन गिरी, निर्देशक फोटोग्राफर कुबेर तमाङ, क्यामेराम्यान नवीन सुनुवार तथा सिजल एण्ड सिस्टर संस्थाका सचिव डिल्लीराम सिग्देल, स्थानीय सहजकर्ता तथा समाजसेवी थुप्पेन घ्याल्बो लामालगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
यसैदिन सिजल एण्ड सिस्टर फाउण्डेशनले समाजसेवी तथा संस्थाका संयोजक राजन भण्डारीको संयोजकत्वमा पनौती-१२ का अति विपन्न तथा बाढी पीडित परिवारलाई सिजल एन्ड सिस्टर फाउण्डेशन अंकित ३०० भन्दा बढी परिवारलाई बाल्टिन, पानीका फिल्टर तथा अन्य सामग्री कम्युनिटी इनोभेसन अर्गनाइजेसन तथा अन्य संस्थासँग सहकार्यगरी वितरण गरिएको थियो । सिजन एण्ड सिस्टर जस्तो गैरनाफामूलक संस्थासँग मिलेर काम गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको इनोभेसन संस्थाका अध्यक्ष नवराज खनालले बताउनुभयो ।
यसै कार्यक्रम कार्यक्रमको संयोजक सदिक्षा सुवेदीले कार्यक्रमको बृहत र टार्गेटमूलक भएको बताउनुभयो । कार्यक्रममा स्थानीय प्रतिनिधि बिमल खत्री लगायतको उपस्थिति थियो । हाम्रो सबै संस्थाको उद्देश्य एउटै भएकोले यसरी एकअर्कामा सहकार्य गरेर समाजसेवा गर्न पाउँदा आनन्द लागेको सेजल एण्ड सिस्टर फाउण्डेशनका अध्यक्ष सञ्जित भण्डारीले बताउनुभयो ।
मेघ सुवेदीले स्थापना गरेको यस संस्थाले यसअघि पनि रोसी गाउँपालिकाका वडा ९, १० र ११ वडाका बाढीपीडितलाई २५० भन्दा बढी बलांकेट मृतक परिवारलाई १० हजारका दरले तथा सम्पूर्ण घर क्षति भएको परिवारलाई जनही पचास हजारका दरले प्रदान गरिएको थियो । गीतकार कार्यक्रम प्रस्तोता तथा संयोजक समिर लामाको संयोजकत्वमा वितरण गरिएको थियो । यस राहत कार्यक्रममा १५० भन्दा बढी परिवारलाई वितरण गरियो बताइएको छ ।
‘हरेक दुःखी पीडितको घाउमा मलमपट्टी लगाउने उद्देश्यनुसार हामीले विभिन्न चरणमा राहतको कार्यक्रम गरिरहेका छौं भने समाज कल्याणको थप अनुमति पश्चात् अन्य विभिन्न ठूला-ठूला रात कार्यक्रम गरिने योजना छ,’ संस्थाका नेपाल अध्यक्ष सन्जित भण्डारीले बताउनुभयो । यसअघि पनि नेपालका विभिन्न जिल्लाका विपन्न स्कुलमा स्कुल सामग्री तथा पोशाक वितरण मेलम्ची बाढीपीडितलाई तत्काल राहतका कार्यक्रम, रोहनिया शरणार्थीलाई खाद्यान्न सहयोग, जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग, पर्सा जिल्लाका गरिब तथा विपन्न परिवारलाई आर्थिक सहयोग, काठमाडौंका विपन्न अनार्थ आश्रमलाई सहयोग, मोरङ, झापा तथा नवलपुर जिल्लाका सरकारी विद्यालयलाई स्कुल पोशाक वितरण तथा झापा र मोरङका भुटानी शिविरमा विभिन्न उल्लेखनीय काम गर्दै आएको छ ।
यो संस्था अमेरिकामा रहेका मेघ सुवेदीका लगायत पञ्चम तामाङ, योगेश नेपाल, रविन विष्ट, सुकवीर तमाङ, तिलमान मगर, सोनु तामाङ, अर्जुन विष्टलगायतले यस संस्थाको नेतृत्व गर्नुभएको छ ।
Categorized in साहित्य-कला

