STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाबुराम भट्टराईको नयाँ दल ‘नेपाल समाजवादी पार्टी’ दर्ता, चुनाव चिह्न आँखा

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १२, बिहिबार

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका  भट्टराईसहितको समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी राखेको छ ।

बिहीबार निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीका अध्यक्ष दीपक लामिछानेले दर्ता गरेको पार्टीको नाम परिवर्तन गर्ने प्रस्तावलाई आयोगले स्वीकृति प्रदान गरेकाे हाे । गत फागुन ५ गते भट्टराईनिकट लामिछानेले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग विवाद चर्किँदै गएपछि निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराएका थिए ।

साे समूहले नाम परिवर्तनका लागि दिएको निवदेन दिएकाे थियाे ।  अब केही दिनभित्रै बस्ने केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने बताइएकाे छ । उक्त पार्टीको चुनाव चिह्न आँखा रहेको छ । यो चुनाव चिह्न पहिले भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।

पर्साको वीरगन्जमा भएको यादव पक्षकाे केन्द्रीय कार्यसमितिको बैठकले पार्टी हित विपरीत कार्य गरेकाे भन्दै भट्टराईसहित ९ जना नेताहरूलाई निस्कासन गरेकाे थियाे ।

Categorized in राजनीति