STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाबुराम भट्टराई उपचारका लागि भारत जाँदै

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण ९, आइतबार

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारतको नयाँ दिल्ली जाँदै छन्।

भट्टराई आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए। अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर( Neuroendocrine Tumour ) भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेका हुन्।

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ।

उपचारका क्रममा भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे रहने भट्टराईको सचिवालयले जनाएको छ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ।

Categorized in व्यक्तित्व