STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बारामा जसपाले बुथ कब्जा गरेको जनमत पार्टीको आरोप

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १०, आइतबार

काठमाडौं - जनमत पार्टीका अध्यक्ष सिके राउतले बारामा जसपाले बुथ कब्जा गरेको आरोप लगाएका छन् ।

बारा क्षेत्र न. २ मा  भइरहेको २ मतदान केन्द्रका बुथ जसपाले कब्जा गरेको आरोप लगाएका हुन् ।

उनले प्रहरीकै सहयोगमा बुथ कब्जाभइरहेको बताए । जिल्लाको पचरौता नगरपालिका बेलडाडी र देवतालको झिगैया बुथमा आफूहरुको प्रतिनिधि प्रवेश गर्न नदिइ बुथ नै कब्जा गरेको जनमत पार्टीको दावी छ ।

जनमतले शनिबार नै बुथ कब्जा हुनेबारे जानकारी पाएको पनि जनाएको थियो । सोबारे प्रहरीलाई जानकारी दिँदा कुनै सुनुवाइ नभएको बताइएको थियो । यद्यपि उता प्रहरी प्रशासनले भने बुथ कब्जा नभएको जनाएको छ ।

Categorized in राजनीति