STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बारा र पर्साबाट फर्के परिवर्तन नेपालको कलाकार टोली

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन ४, सोमबार

कोभिडको प्रकोप न्युन भएसगै बारा र पर्सामा नाटक मन्चन र वृतचित्र छायॉकनका लागि परिबर्तन नेपालका अध्यक्ष चलचित्रकर्मी मोहन निरौलाको नेतृत्वमा भाद्र ३० गते काठमान्डौंबाट गएको टोली आश्विन ४ गते काठमाण्डौं फर्किएको छ ।पशु कल्याणका लागि सार्थक अभियान को नारा लिएर गएको उक्त कार्यक्रमलाई एनिमल नेपालको सहयोग रहेको बुझिएकोछ ।टोलीमा मोहन निरौलाका साथ विश्वदीप घिमिरे,प्रल्हाद खरेल ,राधा श्रेष्ठ,जे बी डिसी,शान्ता भट्टराई ,जगत थामी र गम्भीर श्रेष्ठ  रहेका थिए  ।एनिमल नेपालको बारा स्थित कार्यालयका शत्रुघन पटेल र सिताराम पटेल पनि उक्त अभियानमा सहभागी हुनुहुन्थ्यो ।

टोलीले स्थानिय संचारकर्मी एवं स्थानिय बासिन्दासंग पशु कल्याणका सम्बन्धमा अन्तरक्रिया गरेको टोलीका सदस्य विश्वदीप घिमिरेले बताउनु भयो ।नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमसंग हेटौडामा टोलीले अन्तक्रिया गरेको कुरा पनि घिमिरेले बताउनु भयो ।

घिमिरेका अनुसार टोलीले पशु कल्याण सुनिश्चित गरौ भन्ने नाटक गढीमाई,बरियारपुर,बगडमपुर,देबकोटा चौक,सिसहनीया,पर्वानीपुर,दुर्मनवाना,टेडा,घण्टाघर बिरगन्ज गरी १० स्थानमा नाटक मन्चन गरेको थियो । पशु कल्याणका लागि गरिएको यो सचेतना कार्यक्रमलाई एनिमल नेपालबाट सुलक्षणा राणाले नेतृत्व गर्नु भएकोछ ।

यस अघि यही टोलीले काठमान्डु र चितवनका बिभिन्न स्थानमा पशु कल्याण सम्बन्धी नाटक मन्चन गरिसकेको छ ।

Categorized in साहित्य-कला