STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालेनले ७५३५ मत ल्याउँदा स्थापितकाे ३९८२ मत

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २, सोमबार

काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह (बालेन) को अग्रता कायमै छ ।

बालेनले ७५३५ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ३९८२ मत प्रदान गरेका छन् । यस्तै, पाँच दलीय गबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ३४८२ मत ल्याएकी छन् ।

उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै रहेको छ । उनलाई अन्य प्रतिस्पर्धीले टक्कर दिन सकेका छैनन् । डंगोलले ६३४६ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १६९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिनिता मगैयाले १३४५ र विवेकशील साझा पार्टी कृति कंसाकरले ३५ मत ल्याएकी छन् ।

Categorized in उपत्यका