STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालेन र प्रचण्डबीच भेटवार्ता, राम्रो काममा साथ रहने प्रचण्डको आश्वासन

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २१, शनिबार

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरका मेयर बालेन साहले भेटवार्ता गरेका छन् ।

नवनिर्वाचित साहले पछिल्लो समय राजनीतिक दलका उच्च नेता तथा प्रमुख कार्यकारीहरुसँग भेटवार्ता गरिरहेका छन् । जसक्रममा प्रमुख साहले शनिबार बिहान खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

प्रचण्डसँगको भेटमा उनले काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सहयोग गर्न आग्रहसमेत गरेका थिए ।

सो क्रममा प्रचण्डले साहलाई राम्रो कामको लागि सँधै साथ रहने आश्वासन दिएको बताइएको छ ।

साहलाई प्रचण्डले तपाईँको जित नै क्रान्ति भएको बताएका थिए । प्रचण्डले पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टममा रहेको तर साहले भने पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहेको भन्दै प्रशंसा गरे ।

यसअघि प्रमुख साहले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।

Categorized in राजनीति