STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाल्टीमोरमा गोली चल्यो, एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १६, सोमबार

संयुक्तराज्य अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता चाकिया फेनोएले म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै गोली चलेको र एक व्यक्तिको मृत्यु भएको जानकारी दिनुभयो । बन्दुकधारीले भिडमा जथाभावी गोली चलाउँदा अरु सात जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय