STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाल यौन दुरुपयोगकाे मुद्दामा पल शाहलाई साढे २ वर्ष कैद सजाय

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २१, मंगलबार

काठमाडौं - नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहले बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजायँ पाएका छन् ।

जिल्ला अदातल, नवलपुरका यज्ञप्रसाद आचार्यको मंगलबारको इजलासले उक्त फैसला गर्दै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ ।

गत चैतमा पीडितका बाबुले प्रहरीमा उजुरी दिएपछि अभिनेता शाह आफैँ प्रहरीकहाँ उपस्थित भएका थिए । पीडितका बुवाले अभिनेता शाहमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरेका थिए ।

Categorized in सिनेमा