STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बाह्र चलचित्रकर्मिलाई सांस्कृतिक रूपान्तरण पुरस्कार प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आश्विन ५, शनिबार

नेपालमा गणतान्त्रिक संविधान जारी भएको अवसरमा शुक्रवार नेपाल सरकार चलचित्र विकास बोर्डले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमूख अातिथ्यतामा एक कार्यक्रम आयोजना गर्दै मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएका विभिन्न बाह्र जना विशिष्ट चलचित्रकर्मीहरुलाई चलचित्रको माध्यमबाट समाजमा सांस्कृतिक रूपान्तरण मा महत्वपूर्ण भुमिका खेलेको ठहर गरी जनही नगद पच्चीस हजार रुपिंया सहित  सांस्कृतिक  रूपान्तरण पुरस्कार प्रदान गरिएको छ । गत वर्षदेखि बोर्डले दिन थालेको यस पुरस्कारबाट यस पटक पुरस्कृत हुनेहरुमा फिल्म ‘बलिदान’ का ५ जना सर्जक तथा ७ जना अन्य फिल्मकर्मीसहित १२ जनालाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत हुने फिल्म ‘बलिदान’ का स्रष्टाहरुमा निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, अभिनेता हरिवंश आचार्य, संगीतकार श्याम तमोट तथा गायिका लोचन भट्टराई रहेका छन् भने अन्य फिल्मकर्मीमा अभिनेता रमेशरञ्जन झा, अभिनेत्री कविता आले, अभिनेता देशभक्त खनाल, अभिनेता ऋद्धिचरण श्रेष्ठ, अभिनेता माओत्से गुरुङ, संगीतकार विकास चौधरी तथा अभिनेत्री प्रेमा अधिकारी गैरे रहेका छन् ।

बोर्डका नव नियुक्त अध्यक्ष दिनेश डि सिको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयकी सचिव राधिका अर्याल र बोर्ड अध्यक्ष दिनेश डिसीले जनही २५ हजार रुपैयाँ नगद तथा ताम्रपत्रसहित सम्मान तथा पुरस्कार प्रदान गरे ।

Categorized in सिनेमा