STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिपीको पूर्णकदको शालिक निर्माण

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ११, आइतबार

झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको शलिक निर्माण गरिएको छ । कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको लागतमा उक्त शालिक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । पाँच फिट छ इञ्च अग्लो शालिकको कलाकार हिम्मत नेम्बाङले निर्माण गर्नुभएको हो । विसं २०४८ देखि खाली रहेको जमिनमा स्थानीय काँग्रेसका नेता कार्यकर्ताले वृक्षरोपण गरी संरक्षण गरेको चार बिघा आठ कठ्ठा जग्गामा बिपी वन बाटिका निर्माण गरेका हुन् । नगरपालिकाले उक्त जग्गामा तारबार गरी संरक्षण गरिरहेको छ ।
Categorized in राष्ट्रिय