STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिहान पदमुक्त, दिउँसाे बादल पुनः गृहमन्त्रीमा पुनर्नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ५, आइतबार

काठमाडौं - विहान पदमुक्त भएर दिउँसो पुनर्नियुक्ति पाएका रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीको सपथ लिएका छन् ।

थापालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।

यसअघि मन्त्री थापालाई नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्री पदबाट उनि स्वतः पदमुक्त भएका थिए ।

दिउँसै प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई गृहमन्त्रीमा नियुक्त गर्दै अहिले शपथ खुवाइएको हो । पूर्व माओवादी नेता थापा अहिले नेकपा एमालेको केन्द्रीय सदस्य छन् ।

Categorized in राजनीति