बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २७, सोमबार
काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ।
एमालेका रणबहादुर बानियाँ १००३ मतको फराकिलो अन्तरले विजयी भएका हुन् । उनी ४७ सय ७७ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७ सय ७४ मत पाए ।
उपमेयरमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का (कुँवर) ४७ सय २७ मतसहित विजयी भइन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीताकुमारी शाहीले ३७ सय ५५ मत पाइन् ।
१० वटा वडा रहेको बुढीगंगामा एमालेले सातवटा र कांग्रेसले तीनवटा वडामा जित निकालेको छ ।वैशाख ३ गते भएको निर्वाचनमा कांग्रेस र एमाले दुवैले बुथ कब्जा गरेको दाबी गरेपछि पुनः निर्वाचन भएको थियो ।
Categorized in राजनीति

