STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुद्धनगरस्थित निर्माणाधीन घरको छैटौं तल्लाबाट खस्दा दुई बालबालिकाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १५, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित निर्माणाधीन घरको छैटौं तल्लाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारतको विहार घर भई काठमाडौं मनोहरा पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौं घट्टेकुलोकी १४ वर्षीया बालिका रहेका छन् ।

काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार (आज) साँझ ६ बजे भएको घटनामा उनीहरुको मृत्यु भएको हो ।

उनीहरुलाई छ तल्लाबाट खसेपछि नयाँबानेश्वरको सिभिल अस्पताल लगिएको भएतापनि चिकित्सकले मृत घोषणा गरेको जानकारी गराइएको छ ।

Categorized in अपराध-दुर्घटना