STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बुर्कामाथि प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णयमा पाकिस्तानको आपत्ति

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ३, मंगलबार

सार्वजनिक स्थलमा बुर्कामाथि प्रतिबन्ध लगाउने श्रीलंकाको निर्णयमा पाकिस्तानले आपत्ति जनाएको छ ।

श्रीलंकाका लागि पाकिस्तानी उच्चायुक्त साद खट्टकले बुर्कामा प्रतिबन्धको निर्णयको विरोध गर्दै यसले मुलुकभित्र र बाहिरका मुस्लिमको भावनामा ठेस लागेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् खट्टकले भनेका छन्, ‘एकातर्फ पहिला नै महामारीको कारण श्रीलंका आर्थिक समस्याको सामना गरिरहेको छ, अर्कोतर्फ अन्तर्राष्ट्रियस्तरमा आफ्नो छविको विषयलाई लिएर विभिन्न चुनौतीको सामना गरिरहेको छ । यस्तोमा आर्थिक समस्याका साथै सुरक्षाको नाममा चालिएको यो विभाजनकारी कदमले श्रीलंकामाथि अल्पसंख्यक र मानवाधिकारको विषयलाई लिएर उठिरहेको प्रश्न अझै जोडदाररुपमा उठ्नेछ ।’

आइतबार श्रीलंकाले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै बुर्कामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । श्रीलंकाका जनसुरक्षामन्त्री सरथ वीरासेकाराले अब यो नियम कार्यान्वयनमा आउन संसदको अनुमति आवश्यक पर्ने बताएका थिए ।

गत महिना पाकिस्तानी प्रधानमन्त्री इमरान खानले श्रीलंका भ्रमण गरेका थिए । उक्त भ्रमणको क्रममा खानले श्रीलंकामा कोरोनाबाट मर्ने मुस्लिम नागरिकको शव पनि जलाउनुपर्ने नियमको समर्थन गरेका थिए ।

Categorized in अन्तर्राष्ट्रिय