STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बु‌ंगद्यः जात्रा (रातो मछिन्द्रनाथको जात्रा) सकियो

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ५, बुधबार

काठमाडौं - यस वर्षको बु‌ंगद्यः जात्रा (रातो मछिन्द्रनाथको जात्रा) बुधबार समापन गरिएको छ ।

रथयात्रापछि बु‌ंगद्यःलाई खटमा राखेर बु‌ंगः (बुंगमती) लगिएपछि जात्रा समापन भएको हो ।

कोरोना महामारीका कारण धेरै विधि छोट्याएर जात्रा सकाइएको हो ।

बुधबार बिहान दुईपटक सम्म भूकम्प गएकाे कारण पुल्चाेकमा रहेकाे रथमा क्षमापूजा गरिएको थियो । भूकम्प गएकाे दिन बुंगद्यःकाे  काम गर्नु हुँदैन भन्ने मान्यता रहिआएको छ । साेही कारण क्षमापूजापछि मात्र बुंगद्यःलाई बु‌ंगमती लगिएकी थियाे ।

विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जाउलाखेलमा भोटो देखाउने जात्रापछि मछिन्द्रनाथको रथ तानेर बु‌ंगमती लैजाने गरिन्थ्यो । तर यस वर्ष महामारीका कारण स्थानीय प्रशासन र जात्रा आयोजकबीच भिड नगरी सीमित व्यक्तिको सहभागितामा जात्रा समापन गर्ने सहमति भएको थियो ।

बु‌ंगद्यःकाे जात्रालाई नेपालको सबैभन्दा लामो जात्राको रुपमा पनि लिइन्छ ।

Categorized in उपत्यका