STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बूढीगण्डकी आयोजना ः कहिले तोकिएला आरुघाट र खहरे बजारको मुआब्जा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २१, मंगलबार

बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेको धादिङ र गोरखाको दुई हजार ४०० रोपनी जग्गाको मुआब्जा निर्धारण नगरिएकामा स्थानीयवासीले आपत्ति जनाएका छन् । उनीहरुले आयोजनाले मुआब्जा वितरण गर्न थालेको चार वर्ष हुन लाग्दासमेत बजार क्षेत्रको मुआब्जा निर्धारण नभएकामा आपत्ति जनाउँदै तत्काल प्रक्रिया शुरु गर्न आग्रह गरेका हुन् । नियमानुसार मुआब्जा निर्धारणको काम जिल्ला प्रशासन कार्यालयले गर्छ । निर्धारण भएका क्षेत्रका स्थानीयबासीले मुआब्जा लिई आफ्नो व्यवस्था गरेपनि केही स्थानमा मुआब्जा नै निर्धारण नहुँदा समस्या परेको उनीहरुको गुनासो छ । धादिङ र गोरखाका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित एक टोलीले एकसरो प्रभावित क्षेत्र अवलोकन गरिसकेको छ । धादिङको खहरे बजार र गोरखाको आरुघाट र आर्खे बजारको मुआब्जा तय भए पनि सरकारी दर र स्थानीयवासीको मागमा तालमेल मिल्न नसक्दा मुआब्जाको विषयमा अन्तिम निर्णय हुनसकेको थिएन । सोही कारण स्थानीयवासी आक्रोशित भएका हुन् । जानकारका अनुसार आरुघाट बजार करीब तीन सय वर्ष पुरानो मानिन्छ । ऐतिहासिक बजारको संरक्षण गर्न पनि नजिकै त्यस्तै बजार विस्तार गर्नुपर्ने माग पनि उठेको छ ।
Categorized in राष्ट्रिय