बेपत्ता पारिएकाको परिवारले जनयुद्ध दिवस मनाए
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १, बिहिबार
काठमाडौं– राज्यबाट बेपत्ता पारिएकाको परिवारले २५ औं जनयुद्ध दिवस मनाएको छ ।
२०५२ फागुन १ गतेबाट सुरु जनयुद्धको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी)ले जनयुद्ध दिवस मनाउँदै आएको छ । जनयुद्धको नाममा भएको सशस्त्र द्वन्द्वको क्रममा १७ हजारले बलिदानी दिएका तथा ४ हजारभन्दा बढी बेपत्ता पारिएका थिए ।
बेपत्ता योद्धा फाउण्डेशनको आयोजनामा फागुन १ गते बिहीबार सम्पन्न कार्यक्रममा बेपत्ता पारिएकाको परिवार उपस्थित भई आफ्ना पीडा पोखेका थिए । फाण्डेसनका अध्यक्ष रुपा महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका नेताहरु अष्टलक्ष्मी शाक्य, कृष्णगोपाल श्रेष्ठ, नारायण दाहाललगायतको उपस्थिति थियो । कार्यक्रममा जनयुद्धमा सहिद भएका एवं बेपत्ता पारिएकालाई स्मरण गरिएको थियो ।
कार्यक्रममा उपस्थित नेकपाका नेताहरुले बेपत्ताहरुको विषयमा नेकपा नेतृत्वको सरकारले ठोस काम गर्ने आश्वास दिँदै बेपत्ता आयोगलाई क्रियाशील बनाउन भूमिका खेल्ने बचन दिएका छन् ।
Categorized in राष्ट्रिय