STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बोरिङ खन्दा निस्केकाे ग्याँस १७ घण्टापछि बन्द

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ४, बुधबार

काठमाडौं - काठमाडौंको जोरपाटीमा बोरिङ खन्दा लेदोसहित निस्केकाे ग्याँस आउन १७ घण्टापछि बन्द भएकाे छ ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा बाेरिङ खन्ने क्रममा मंगलबार बिहानदेखि मिथेन ग्याँससहितको बालुवा र पानीको फोहोरा निस्केकाे थियाे ।

नगरपालिकाका मेयर दीपक रिसालले आज बिहान करिब ३ बजेदेखि माटो र ग्याँस मिश्रित मुस्लो निस्किन बन्द भएको जानकारी दिए । अहिले त्यस वरपर ट्यांकरकाे पानी हालेर सरसफाइ गरिएकाे छ । ग्याँस निस्किदा वरिपरिका घरहरु प्रभावित बनेको थियाे ।

सन्त लामाको घरमा डिप बोरिङ खन्दा ग्यास निस्किएको हाे ।भूगर्भ विभागको टोलीले मिथेन ग्यास निस्किएको जनाउँदै ग्यास आफैँ बन्द हुने बताएको थियाे ।

Categorized in उपत्यका