STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बौलाह कुकुरको टोकाइले चार जना घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ८, आइतबार

समकोट गाउँपालिका–७ को डाँडाफयामा बौलाह कुकुरले टोक्दा चार जना घाइते भएका छन् । बौलाह कुकुरले शनिबार बिहान साढे पाँच बजे ओखेन भन्ने गाउँमा तीन जनालाई र शुक्रबार एक जना बालकलाई टोकेको त्यहाँका स्थानीयले जानकारी दिएका छन् । कुकुरले टोकेर घाइते भएकी २७ वर्षीया सङ्गिता शाही, ३२ वर्षीय बागेश्वी सिंह, १० वर्षीया सुमित्रा सिंह, र आठ वर्षका जन्मजय राज शाही रहेका नन्द शाहीले बताउनुभयो । घाइतेको उपचार शनिबार साँझ जिल्ला अस्पताल हुम्लामा ल्याई भइरहेको छ । जिल्लाको उत्तरी सिमकोट गाउँपालिका–७ मा गएको चैत महीनामा कुकुरमा रेबिज रोग पनि देखिएको थियो । बौलाह कुकुरलाई भने स्थानीय बासिन्दाले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।
Categorized in अपराध-दुर्घटना